मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्र ‘नाङ्गो गाउँ’को प्रिमियरः ‘राजनीति बिग्रिएपछि सबै बिग्रिन्छ


  • माउन्टेन खबर
  • बिहिबार, भदौ २८, २०८०
  • 402
    SHARES

काठमाडौं । चलचित्र नाङ्गो गाउँको प्रिमियर शो भएको छ ।

बुधवार साँझ काठमाडौंमा चलचित्रको प्रिमियर शो भएको हो । चलचित्रको प्रिमियर शोमा कलाकारहरुको उल्लेख्य चाप थियो । दीपेन्द्र लामा निर्देशित फिल्म शुक्रवारदेखि प्रदर्शनमा आउँदै छ ।

चलचित्रमा वर्तमान राजनीतिक परिवेशलाई उठान गरिएको छ । प्रिमियर शो हरेपछि रंगपत्रकारसँग कुरा गर्दै गायक राजेशपायल राईले चलचित्र सोचे भन्दा पनि राम्रो रहेको बताउनु भयो । उहाँले चलचित्रमा समसामयिक र राजनीतिक कथावस्तु समेटिएको बताउनु भयो । उहाँले हाम्रो परिवेश र समाज नै नाङ्गिएको यथार्थतालाई फिल्ममा देखाइएको बताउनु भयो । उहाँले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ लगायतका देशका लागि लडिरहेको व्यक्तित्वहरुको लडाईंलाई पनि चलचित्रमा देखाइएको बताउनु भयो । त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले राजनीति नबुझेको मानिसलाई पनि नाङ्गो गाउँले बुझाउने र जनताका समस्या पनि उठाइएको बताउनु भयो । उहाँले राजनीति देशको मेरुदण्ड भएकाले राजनीति बिग्रिनु नहुने बताउनु भयो । त्यस्तै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र हरेपछि राम्रो प्रतिक्रिया पाइरहेको बताउनु भयो ।

त्यस्तै अभिनेता दयाहाङ राईले व्यवसायिक सफलता दर्शकको रुचाइमा भर पर्ने बताउनु भयो । उहाँले आफूहरुले गरेको प्रयासलाई दर्शकले रुचाए आफू सफल बन्ने बताउनु भयो । त्यस्तै अभिनेत्री मिरुना मगरले चलचित्र हेर्नुभएकाहरुले राम्रो रेस्पोन्स दिएको बताउनु भयो ।

चलचित्रमा दयाहाङ राई, शिशिर वाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणी नेपाल, रविन्द्र झा, बुद्धि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य, इस्तु कार्की, टिका निरौला, बद्री पुडासैनी, नमस्ते दिवाकर लगायतका कलाकारको अभिनय फिल्ममा छ ।

दयाहाङ राई, मिरुना र साम्राज्ञीका साथ कार्म, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, अंकित खड्का लगायतको समेत अभिनय छ । जय श्रेष्ठको लगानीमा तयार भएको फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको यो फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)