शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटनामा परी घाइते खेलाडी ललित भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइयो


  • माउन्टेन खबर
  • सोमवार, भदौ २९, २०७७
  • 353
    SHARES

काठमाण्डौ,२९ भदौ। आइतबार कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका राष्ट्रिय टोलीका सदस्य ललित सिंह भण्डारीलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले थप उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन । उनको अहिले ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । कप्तान मल्लले भण्डारीको सहयोगका लागि खेलाडीले साथ दिने बताएका छन् । साथै उनले उपचारका लागि थप सहयोग गर्न सम्बिन्धित निकायसँग माग गरेका छन् । ललितको उपचारका लागि नेपाल क्रिकेट संघले समन्वय र सहयोग गर्ने जनाएको छ ।

सोमबार अध्यक्ष चतुर बहादुर चन्दले जारी गरेको विज्ञप्पतीमा संघको तर्फबाट समन्वय र सहयोग रहने प्रतिबद्धता रहने जनाएका छन् । ललित आइतबार साँझ ट्रकको ठक्करबाट घाइते भएका थिए । उनलाई धनगढीको निसर्ग अस्पतालमा उपचार गरिएको थियो । धनगढीबाट उनलाई आइतबार राति कोहलपुर ल्याइएको थियो । कोहलपुरमा उपचारपछि उनी खतरामुक्त भएका थिए । कोहलपुरमा गरिएको अपरेशनमा ललितको दायाँ खुट्टा र दायाँ हातको नाडीमा फ्याक्चर देखिएको छ । अपरेसनका लागि उनलाई काठमाडौं ल्याइएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)