मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चौधरी फाउण्डेशनद्वारा सरकारलाई १ हजार थान ‘पीसीआर रिएजेन्ट’ हस्तान्तरण


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २७, २०७६
  • 706
    SHARES

चौधरी फाउण्डेशनले सरकारलाई १ हजार थान ‘पीसीआर रिएजेन्ट’ हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई चौधरी ग्रुपले उक्त सामग्री हस्तान्तरण गरेको हो ।

फाउण्डेसनले चीनबाट आयात गरेर सरकारलाई हस्तान्तरण गरे पछि ति सामग्री ग्रहण गर्दै स्वास्थ्यमन्त्री ढकालले विषम परिस्थितिमा निजी क्षेत्रले गरेको यस्तो सहयोग सह्रानीय भएको भन्दै फाउण्डेसनलाई धन्यवाद दिएका छन । फाउण्डेसन अध्यक्ष विनोद चौधरीले कोरोना नियन्त्रणमा सरकारले थालेको प्रयासमा साथ दिन पाउँदा आफूहरूलाई खुसी मिलेको बताएका छन् ।

चौधरीले भने, ‘स्वास्थ्यमा सीमित साधन स्रोत र पूर्वाधार भएको अवस्थामा सरकारसँगको बलियो हातेमालोबिना अहिलेको विपदबाट छुटकारा पाउन सकिँदैन ।’ पहिलो चरण अन्तरगत फाउण्डेसनले सातै प्रदेशमा कुल ४८ स्वास्थ्य संस्थामा पीपीई र उपचार सामग्री वितरण गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)