शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जाडोमा किन बढी छाला फुट्छ, छाला फुट्न नदिन के गर्ने ?


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर २१, २०८०
  • 410
    SHARES

डा अनु सुवेदी
छालारोग विशेषज्ञ
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासी

काठमाडौँ, २१ मंसीर । हरेक व्यक्तिको शरिरमा मौसम अनुसार परिवर्तन आउने गर्दछ । गर्मी महिनामा मानिसको शरिरमा धेरै पसिना तथा तरल पदार्थ आउने गर्दछ । जसको कारण छाला चिल्लो हुने र चिपचिप हुने गर्दछ ।

जाडो महिनामा मानिसको शरिरमा कम मात्रामा पसिना आउँछ । गर्मी समयको भन्दा जाडोमा हाम्रो शरिररमा आउने चिल्लो पदार्थ कम आउने हुन्छ । जसलाई (Natural Moisturinziing Factor) भनिन्छ ।

जाडोको समयमा बढी सुख्खा हावा चल्ने भएकाले हाम्रो शरिरभित्र भएको (Moisture) वा पानीको मात्रा सोस्ने हुनाले छाला बढी सुख्खा हुने गर्दछ । जाडोमा बढी एसी तथा हिटर ताप्ने हुनाले छाला बढी सुख्खा हुने गर्दछ । जसका कारण ओठ, गाला तथा हातखुट्टा फुट्ने समस्या बढी हुन्छ ।

शरिरको छाला फुट्न नदिन के गर्ने ?

शरिरको छाला फुट्न नदिन धेरै तातो पानी भएको ठाउँमा बस्न वा नुवाउन हुँदैन । शरिर नुवाइसकेपछि छालामा नरिवलको तेल लगाउनुपर्छ । यस्तै लोसन क्रिम लगाउन राम्रो मानिन्छ । शरिरमा क्रिम, तेल, पञ्जा, टोपी, माक्सलगायतले ढाक्दा फुट्ने सम्भावना कम हुन्छ ।

दैनिक नुवाउने व्यक्तिले हप्ताको दुई वा तीन दिनमात्र सावुन तथा सेम्फुको प्रयोग गर्नुपर्छ । दैनिक सावुन तथा सेम्फुको प्रयोग गर्दा छाला बढी मात्रामा फुट्न सक्छ । यस्तै, नुवाईसकेपछि डाइरेक्ट उनीको कपडा लगाउन हुँदैन । शरिरभित्र सुतीको कपडा लगाएरमात्र उनीको कपडा लगाउनु राम्रो हुन्छ । जाडो याममा पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)