बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आज देशभरी १ हजार ३ सय ५६ जना कोरोना संक्रमित थपिए ,कोरोनाबाट थप २ जनाको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज ६, २०७७
  • 379
    SHARES

काठमाण्डौ,६ असोज।
नेपालमा कोरोना भाइरस (कोभिड— १९) बाट थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र १ पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ५० वर्षिय पुरुष र काभ्रेपलाञ्चोकमा ५० वर्षिया महिला रहेका छन । आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ४९ पुगेके छ ।

आज देशभरी १ हजार ३ सय ५६ जना कोरोना संक्रमित थपिएका छन । १० हजार १ सय ५४ पीसीआर परीक्षण भएकोमा महिला ४ सय ५९ र पुरुष ८ सय ९७ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ५ सय ११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा संक्रमण देखिएको छ । आजसम्म देशभरी कुल संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ । संस्थागत प्रदेश नम्बर १ मा २ सय ८६, प्रदेश नम्बर २ मा ९ सय ३५, बागमती प्रदेशमा ५ हजार १ सय २७ र गण्डकी प्रदेशमा ७ सय १ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४ सय ९५, कर्णाली प्रदेशमा २ सय ९१ र सुदूरपश्चिम प्रदेशमा ३ सय ५८ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार १ सय ९३ जना रहेका छन ।
होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ४१, प्रदेश नम्बर २ मा ८ सय ८४, बागमती प्रदेशमा ५ हजार ३ सय २० र गण्डकी प्रदेशमा  २ सय ८६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय १७, कर्णाली प्रदेशमा २ सय ७ र सुदूरपश्चिम प्रदेशमा १ सय ९४ गरी देशभरी होम आइसोलेसनमा ८ हजार ९ सय ४९ जना संक्रमित उपचाररत रहेका छन । आज आइसियुमा देशभरी २ सय २३ जना र भेन्टिलेटरमा ३७ जना संक्रमित रहेका छन ।

आज ८ सय २३ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ३ सय ५७, प्रदेश नम्बर २ मा १२ हजार ४ सय ७६, बागमती प्रदेशमा ११ हजार ८ सय ५४ र गण्डकी प्रदेशमा २ हजार ८ सय १९ जना रहेका डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ४ सय ६६, कर्णाली प्रदेशमा २ हजार ७ सय ४९ र सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ४० गरी देशभरी ४८ हजार ६१ जना संक्रमित डिस्चार्ज भएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)