बुधबार, बैशाख २६, २०८१

बीस पटक टेनिसको ग्राण्ड स्लाम उपाधि विजेता रोजर फेडररबाट विम्वल्डनलाई भावपूर्ण पत्र


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २८, २०७६
  • 767
    SHARES

विश्वभर कोरोनाभाइरस कोभिड-१९ को महामारीका कारण असहज अवस्था उत्पन भएकाबारे चर्चित टेनिस खेलाडी रोजर फेडेररलले लेखेको एउटा भावनात्मक पत्र विम्बल्डनले प्रकाशित गरेको छ।

आठ पटक विम्बल्डन टेनिस प्रतियोगिता  र २० पटक अन्य ग्राण्ड स्लाम उपाधिहरू जितिसकेका स्वीस टेनिस स्टार फेडेररले आफ्ना समर्थकहरूलाई कोभिड-१९ का कारण यो वर्षको विम्बल्डन प्रतियोगिता स्थगित हुन पुगेपछि हताश नहुन र आशावादी रहन आग्रह गरेका छन्।सन् १८८७ देखि लगातार आयोजना भइरहेको विम्बल्डन विश्वकै सबैभन्दा पुरानो टेनिस प्रतियोगिता हो र दोस्रो विश्वयुद्धपछि स्थगित भएको यो नै पहिलो पटक हो।

सो पत्रमा फेडररले यो असहज घडी टरेर जाने र सहज अवस्था चाँडै फर्कने आशा प्रति सारा विश्व एकजुट भएको जनाउँदै कोरोनाभाइरसको रोकथाममा संलग्न विश्वभरका स्वास्थ्यकर्मी र सम्बन्धित अन्यलाई धन्यवाद दिएका छन्। विश्वव्यापी रूपमा कोरोना भाइरसको महामारी फैलिएपछि यसै वर्ष आयोजना हुने भनिएको ओलम्पिक खेलकुद, युरो कप फुटबल, कोपा—अमेरिका फुटबललगायतका प्रतियोगिता यसअघि नै स्थगित भइसकेका छन्।।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }