सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटन

अनराइभल भिसा खुला, ७ दिन क्वारेन्टाइन अनिवार्य


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १३, २०७७
  • 507
    SHARES

काठमाडौं,१३ असोज । सरकारले विदेशी पर्यटकहरुका लागि अनराइभल भिसा खुला गरेको छ । कोरोना महामारीका  कारण सरकारले गत फागुन देखि अनराइभल भिसा बन्द गरेको थियो ।

कात्तिक १ गतेबाट पदयात्रा र पर्वतारोहणका लागि खुला गरे पनि अनराइभल भिसा भने खुला गरेको थिएन । पर्यटन व्यवसायीहरुले सरकारसँग पटक–पटक अनराइभल भिसाका लागि पहल गर्दै आएका थिए ।

सोमबार पर्यटन विभागले जारी गरेको सूचनाअनुसार नेपाल आउने पर्यटकहरुले अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान बनाएको छ । योसँगै नेपाल आउँदा ७२ घण्टाको पीसीआर रिपोर्ट देखाउनुपर्ने छ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ ।

नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बिमा गरिएको कागजातसमेत अनिवार्य गरिएको छ ।
पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा गर्नुपर्ने छ ।

अनराइभल भिसा दिने निर्णय स्वागत गर्दै व्यबसायीहरुले क्वारेन्टाइनको अवधि ७ दिनलाई घटाएर ३ दिन कायम गर्न माग गरेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)