काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं १६ बालाजुटारमा निःशुल्क आँखाशिविर सम्पन्न भएको छ ।

बालाजुटार टोल सुधार समाजको आयोजना तथा धुलिखेल अस्पताल, नेत्रधाम आई केयर सेन्टर प्रालि र गोल्डेन होराईजन एकेडेमीको सहयोगमा आज गोल्डेन होराईजन स्कुलमा आयोजित आँखाशिविरमा ४०३ व्यक्तिले निःशुल्क आँखा जाँच गर्नुभएको हो ।

विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालित आँखा शिविरमा आँखा जाँच, निःशुल्क औषधी वितरण, स्वास्थ्य परामर्श र माक्स वितरण गरिएको स्कुलका प्राचार्य महेन्द्र वस्तीले जानकारी दिनुभयो ।
उक्त शिविरमा धुलिखेल अस्पतालका डाक्टरले आँखा जाँच गर्नुभएको थियो भने नेत्रधाम आई केयर सेन्टरले आँखा जाँच गर्ने स्वास्थ्य उपकरण प्रदान गरेको थियो । शिविरमा बालाजु, बोहोराटार, वनस्थली क्षेत्रका जनताले आँखा जाँच गर्नुभएको थियो ।
