बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ग्राण्डीले गर्‍यो ११ वर्षमा १३ लाख ५८ हजार विरामीको उपचार


  • माउन्टेन खबर
  • शनिबार, माघ १३, २०८०
  • 142
    SHARES

काठमाडौँ । काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले ११ वर्षमा १३ लाख ५८ हजार ४३५ विरामीको उपचार गरेको छ ।

नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यसेवा दिने उदेश्यले सन् २०१३ जनवरी ३ मा स्थापना भएको ग्राण्डीले ११ वर्षमा १३ लाख ५८ हजार ४३५ विरामीको उपचार गरेको हो ।

ग्राण्डीले बहिरङ्ग सेवाअन्तर्गत ११ लाख ७६ हजार ३८५, अन्तरङ्ग सेवा (भर्ना गरेर) अन्तर्गत ७३ हजार ३७, इमर्जेन्सी सेवाअन्तर्गत ६३ हजार ९२३, शल्यक्रियाअन्तर्गत ३४ हजार ३७२ विरामीको उपचार गरेको अस्पतालका मार्केटिङ विभाग प्रमुख भास्करकुमार दासले जानकारी दिनुभयो ।

यस्तै, एम्बुलेन्स सेवाअन्तर्गत आठ हजार ८८१ र हेलिकप्टरमार्फत एक हजार ८३७ विरामीको उद्दार गरेर स्वास्थ्यसेवा प्रदान गरिएको उहाँले बताउनुभयो । २०० शैयामार्फत विरामीको उपचार गर्दै आएको सो अस्पतालले हाल ३० भन्दा बढी विभागमार्फत विरामीलाई स्वास्थ्यसेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)