बिहिबार, बैशाख २७, २०८१

महाजात्राको प्रिमियर: ‘जात्राको बेस्ट सिरिज महाजात्रा’


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ७, २०८०
  • 59
    SHARES

काठमाडौँ । नेपाली चलचित्र महाजात्राको प्रिमियर शो भएको छ ।

मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो भएको हो । प्रिमियर शोमा बोल्दै कलाकार हरिवंश आचार्यले निर्देशक प्रदीप भट्टराईलाई आफूले मह सञ्चारको छोरोको रुपमा हेरेको बताउनु भयो । उहाँले प्रदीपसँग आफूहरुले मिलेर काम गरेकै २० वर्ष बढी भइसकेको बताउनु भयो । त्यस्तै कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्रको सबै पक्ष राम्रो रहेको प्रतिक्रया दिनुभयो । कार्यक्रममा बोल्दै अभिनेता विपिन कार्कीले महाजात्रामा हरिवंश आचार्यसँग सहकार्य गर्ने मौका पाएकोमा खुशी लागेको बताउनु भयो ।

उहाँले चलचित्रले सफलता हात पार्नेमा विश्वस्त रहेको बताउनु भयो । त्यस्तै अभिनेत्री वर्षा राउतले चलचित्र धेरै नै राम्रो बनेको बताउनु भयो । अभिनेता सुशील श्रेष्ठले चलचित्र धेरै नै राम्रो बनेको र शुरुदेखि नै रमाइलो हुने बताउनु भयो । उहाँले फिल्मले दिएको म्यासेज ठाउँमा पुग्नुपर्ने बताउनु भयो । अभिनेत्री ऋचा शर्माले चलचित्रको स्क्रिप्ट धेरै नै मन परेको बताउनु भयो । उहाँले जात्राको बेस्ट सिरिज महाजात्रा भएको बताउनु भयो ।

चलचित्र महाजात्रा चैत्र ९ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । आपत्कालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रश्तुत गरिएको ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रविण खतिवडा, दिव्यदेवलगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }