शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ढल्यो जसपा नेपाल नेतृत्वको मधेश प्रदेश सरकार


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २३, २०८१
  • 166
    SHARES

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकेपछि जसपा नेपाल नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ ।

आज बसको प्रदेश सभाको बैठकमा विश्वासको मतका लागि गरिएको मत बिभाजनमा मुख्यमन्त्री यादवले ५० मत मात्र प्राप्त गर्नुभयो भने उहाँको बिपक्षमा ५३ मत पर्‍यो । दुबैतिर बहुमत पुगेको छैन । प्रदेश सभामा १ सय ३ जना सांसद उपस्थित थिए

मुख्यमन्त्री यादवलाई जसपाको १९, कांग्रेसको २२, लोसपाका ८ र राप्रपाका १ जना सांसदले विश्वासको मत दिएका छन् । बिपक्षमा भने एमालेका २४, जनमतको १३, माओवादी केन्द्रको ९, नेकपा (एस)का ७ र नागरिक उन्मुक्ति पार्टीका १ जनाले मतदान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)