शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेसका मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने


  • माउन्टेन खबर
  • शुक्रबार, असार १५, २०८१
  • 155
    SHARES

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले असार २१ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री सिंहले यही २१ गते विश्वासको मत लिने तयारी भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले २५ जेठमा सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । संविधानको धारा १६८ (४)अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । जसअनुसार मुख्यमन्त्री सिंहले २२ गतेभित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।

जनमत संसदीय दलका नेता सिंह एमालेका २४, माओवादीका ९, जनमतका १३, एकीकृत समाजवादीका ७, राप्रपाका १ र नेपाल सङ्घीय समाजवादीका एक जना सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)