मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख पदमुक्त, नयाँ नियुक्त


  • माउन्टेन खबर
  • बुधबार, साउन १६, २०८१
  • 151
    SHARES

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको छ ।

सोमबार बसेकोको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपतिले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारपदमुक्त गर्नुभएको हो।

साथै, तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त भएका छन् राष्ट्रपति पौडेलले बुधबार बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

राष्ट्रपति पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को साउन १४ गतेको निर्णय र सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखहरू नियुक्त गर्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)