बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हिमाल आरोहण सकेर बहराइनका राजकुमारको टोली स्वदेश फर्कियो


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक ७, २०७७
  • 559
    SHARES

काठमाडौं । नेपालमा हिमाल आरोहणका लागि आएका मध्यपूर्वी देश बहराइनका राजकुमारसहितको १८ जनाको टोलीले हिमाल आरोहण गरेर आज स्वदेश फर्किएको छ।

सो टोलीका सदस्यहरु राजकुमारसहित चार्टर्ड जहाजमा भदौ ३१ गते काठमाडौं आएका थिए। उनीहरुले यसबीचमा हिमाल आरोहण गरेका थिए र शुक्रबार स्वदेश फर्किएका हुन् ।

उनीहरुको उक्त टोलीमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेका छन्।

राजकुमार अलिफाको टोली गत असोज २० मा मनास्लु आरोहण गर्न गोरखाको सामागाउँ पुगेका थिए। उनीहरुले गत असोज १९ मा सोलुखुम्बुको लुबुचे सफल आरोहण गरेका थिए।

 

 

नेपालमा पनि कोरोना भाइरसको प्रकोपका कारण लकडाउन नै भएका बेला बहराइनका राजकुमारको टोली हिमाल आरोहण गर्न नेपाल आउन चाहेपछि नेपाल सरकारले अनुमित दिएको थियो । यो टोली लकडाउनपछिको पहिलो हिमाल आरोहण दल भएको पनि नेपाल सरकारले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)