आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटीबाट बुटवल उपमहानगरपालीकालाई दुई लाख थान मास्क सहयोग प्रदान

महामारी नियन्त्रणमा खटिनेहरुका लागि हौसला – बुटबल उपमहानगरपालीका


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक १९, २०७७
  • 574
    SHARES

बुटवल, । ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालले बुटवल उपमहानगरपालिका लाई दुई लाख थान मेकिडल माक्स हस्तान्तरण गरेको छ ।

चाईनिज मोनास्ट्री , किङ्ख वल्ड हेल्थ केयर र ज्याङ्कजी हेइङ फार्मासेटिकल कम्पन्नी लिमिटेडले ले सहयोग स्बरुप उपलब्ध गराएको माक्स बुटबल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीलाई हस्तान्तरण गरिएको छ ।

सहयोगी संस्थाको तर्फबाट ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालका सदस्य इन्जिनियर बिजेन्द्र सोमरेले बुधबार एक संक्षिप्त समारोहका बीच दुई लाख थान सर्जिकल माक्स हस्तातरण गर्नुभएको थियो ।

कोरोना महामारी विरुद्धको अभियानमा सहयोग पुर्योउने उद्देश्यले स्वास्थ्थ सामग्री हस्तान्तरण गरिएको ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालका संस्थापक अध्यक्ष डा.राजिव कुमार झाले जानकारी दिनुभयो ।

सहयोग स्वरुप प्राप्त सामग्री ग्रहण गर्दे बुटबल उपमहानगरापलिका का प्रमुख शिबराज सुबेदीले महामारी नियन्त्रणमा खटिनेहरुका लागि हौसला बढाउने गरि निजी क्षेत्र, सामाजिक संघ संस्था र दातृ निकायबाट सहयोग र सहकार्य भएको भन्दै सराहना व्यक्त गर्नुभयो । उहाले उहाँले फ्रन्टलाइनमा खटिएकाहरुलाई पहिलो प्राथमिकतामा राख्दै उपमहानगरपालिकाले जारी राखेको अभिभावकीय काममा विभिन्न क्षेत्रबाट सहयोग र सहकार्य भएको स्मरण गर्नुभयो ।

प्रमुख सुवेदीले बुटबल उपमहानगरापलिका र चीन सरकारसंगको भगिनी सम्बन्ध स्थापनाले आपसी सहयोग र सहकार्यले अझ उच्च प्राथमिकता पाएको भन्दै आगामी दिनमा पनि निरन्तरता जरुरी रहेको बताउनुभयो ।

सो अवसरमा बुटबल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रसासकिय अधिकृत चक्रपाणि शर्मा, उपमहानगरका वरिष्ठ अधिकृतहरुलगायतको उपस्थिति रहेको थियो । नेपाल र चिनका बीचमा मैत्रीपूर्ण सम्बन्ध कायम गराउन र आपसी सहयोग आदानप्रदानमा चीनमै बसेर लामो समयदेखि भूमिका खेल्दै आएका ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालका संस्थापक अध्यक्ष झाले आपसी सहयोगका निन्तर रहने जानकारी दिनुभयो ।

बुटवल उपमहानगरपालिका र चीनको सियान सिटीका बीचमा गत वर्ष सिस्टर रिलेसनशिप (भगिनी सम्बन्ध( कायम भएको थियो । सियान चीनका राष्ट्रपति सी चिनफिङको गृहनगर पनि हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)