मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीले आज कोशी प्रदेशसभालाई सम्बोधन गर्ने


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २७, २०८१
  • 117
    SHARES

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।

दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले भने दिउँसो साढे २ बजेदेखि सम्बोधन गर्ने तयारी रहेको जनाएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह सकिएपछि ओलीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुहुने छ ।

आजको प्रदेशसभा बैठकमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् ।

प्रतिपक्षी दलहरुले भने सरकारले छलफल नगरेको भन्दै बैठकमा सहभागी हुन प्रधानमन्त्रीले राख्ने मन्तव्यका बारेमा अग्रिम जानकारी हुनुपर्ने सर्त राखेका छन् । प्रतिपक्षी दलले सर्त राखेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दलका नेतालाई सम्पर्क गरेर सहयोग गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)