शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटन प्रवर्ध्दनमा खेलकुदले महत्त्वपूर्ण भूमिका खेल्छ : सासंद आचार्य


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २८, २०८१
  • 295
    SHARES

रसुवा – प्रतिनिधिसभाका सांसद मोहन आचार्यले पर्यटन प्रवर्ध्दनमा खेलकुदले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।

१२औँ संस्करणको राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता समापन समारोहमा सम्बोधन गर्दै सांसद आचार्यले गुणस्तरीय शिक्षा र खेलकुद पूर्वाधारको विकासमा आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

खेलकुदले अनुशासन, नेतृत्व क्षमता विकास गर्दै जाने र सामाजिक विकृति हटाउन सहयोग गर्ने भन्दै उहाँले यस्ता प्रतियोगिताले बालबालिकाको प्रतिभा उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।

उत्कृष्ट खेलाडी छनोट गर्दै  १२औँ संस्करणको राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सम्पन्न भएकव छ । चैत्र २६ देखि२८ सम्म तीन दिन संन्चालन गरिएको विभिन्न विधामा सागर नेपाली, मनीषा तामाङ, विक्रम राणा, मनिता नेकोर प्रकृति लामा तामाङ सुरेश तामाङ उत्कृष्ट खेलाडी बन्न सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिराज लोप्चनले जानकारी दिनुभयो ।

खेलकुद विकास समितिका रसुवाका अनुसार उत्कृष्ट खेलाडीहरू बागमती प्रदेश स्तरीय खेलमा सहभागी हुनेछन् । यसै गरी तीन दिन सम्म संन्चालन भएको खेलमा कालिका गाउँपालिकाले १६ स्वर्ण, १२ रजत र ९ कांस्य पदक हात पार्दै चौथो पटक पनि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जित्न सफल भएको छ भने प्रतियोगितामा उत्तर गया गाउँपालिका ११ स्वर्ण, ७ रजत र ९ कांस्य सहित दोस्रो स्थानमा हासिल गरेछ यसै गरी गोसाईंकुण्ड गाउँपालिका ६ स्वर्ण, ९ रजत र ६ कांस्य पदक सहित तेस्रो भएको छ ।

जिल्लाको सदरमुकाम धुन्चेमा संन्चालन गरिएको उक्त प्रतियोगितामा पाँच गाउँपालिकाका तीन सय खेलाडीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)