शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शैक्षिक क्षेत्रको विकास र दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षामा जोड दिनु पर्छ :सांसद आचार्य


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २९, २०८२
  • 858
    SHARES

रसुवा – प्रतिनिधिसभा सदस्य मोहन आचार्यले शैक्षिक क्षेत्रको विकास र दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनु भएको छ ।

रसुवाको कालिका–२ मा अवस्थित कालिका हिमालय माध्यमिक विद्यालयको आज आयोजित स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै उहाँले देशको विकास, रोजगारीको सृजना र आर्थिक समृद्धिका लागि शिक्षा मेरुदण्ड भएको बताउनुभयो ।

“पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले प्राथमिकता दिँनु पर्ने भन्दै उहाँले  “आधुनिकता र प्रविधिको उपयोगलाई शिक्षामार्फत पूर्वाधार निर्माणमा जोड्न सक्नुपर्छ भन्नुभयो।”

हाल कृषि, प्रविधि (आइटी), इञ्जिनियर, मेडिकल क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएकाले अध्ययनको व्यवस्था मिलाउन उहाँले सरकार र समुदायको ध्यानाकर्षण गराउनुभयो ।

विसं २०३२ मा स्थापना भएको कालिका हिमालय माविमा चालु शैक्षिक सत्रमा ७०० बढी विद्यार्थी अध्ययनरत रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)