शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तिहार लगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन नेपाल चलचित्र निर्माता संघको आग्रह


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक २७, २०७७
  • 1.0K
    SHARES

काठमाडौं।  नेपाल चलचित्र निर्माता संघले तिहार लगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर काम गर्ने भन्दै संघले छायांकन र हल खोल्ने अनुमति दिन माग गरेको हो । लक डाउन खुलेसँगै अन्य क्षेत्रहरु खुला गरेको सरकारले चलचित्र क्षेत्र अहिलेसम्म सञ्चालनको अनुमति नदिएर अपहेलना गरेको संघका अध्यक्ष आकाश अधिकारीले बताउनुभयो ।

सरकारले चलचित्र क्षेत्रलाई नाच्ने गाउने र मनोरञ्जनको क्षेत्रका रुपमा मात्रै सोचेको महशुस आफुहरुलाई भएको उहाँले बताउनुभयो । चलचित्र क्षेत्र मनोरञ्जनसँगै कला, संस्कृति, भेषभूषाको समिश्रण भएको उल्लेख गर्दै उहाँले यस्तो महत्वपूर्ण क्षेत्रलाई राज्यले अपहेलना गरेको बताउनुभयो । अहिले चलचत्रि क्षेत्र बन्द हुँदा प्रत्यक्ष रुपमा ३५ हजार र यसक्षेत्रमा आश्रीत १ लाख ७५ हजार बढी व्यक्ति बेरोजगार बसेको उहाँले बताउनुभयो । धेरै समयमा उद्योग बन्द हुँदा प्राविधिक र दक्ष जनशक्ति पलाउन हुने खतरा भएकाले यसतर्फ पनि ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

अहिले लक डाउन खुकुलो भएपनि धेरै क्षेत्रहरु बन्द रहेका छन् । विशेषगरी बढी भिडभाड हुने क्षेत्रहरु विद्यालय, मठ मन्दिर, चलचित्र क्षेत्रहरु लगायत बन्द छन् । पछिल्लो समयमा काठमाडौं उपत्यकामा संक्रमणको दर पनि बढीरहेको छ । नेपालमा २ लाख बढीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)