शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण – फोटो फिचर


  • सुशील कोइराला
  • शनिबार, असार ७, २०८२
  • 747
    SHARES

रसुवा – गुरुङ तथा तामाङ जातिहरूको बसोबास रहेको रसुवाको नौ कुण्ड गाउँपालिका पाँचमा संन्चालित एक सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरूलाई इनरह्लिल क्लब अफ बागमतीले स्टेससनरि सहित रेनकोट वितरण गरेको छ ।

सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक उपलब्धिमा सहयोग पुगोस् भन्दै बागेश्वरी माध्यमिक विद्यालयका एक सय एकाउन्न छात्रछात्रालाई वितरण गरेको हो । कक्षा एक देखि दश कक्षा सम्म अध्ययन गर्ने गरिब तथा जेहनदार बिध्यार्थीहरुलाई झोला जुत्ता मोजा तथा स्टेससनरि प्रदान गरेको थियो भने संस्थाले अभिभावकहरू मध्ये महिलाहरूको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको थियो ।
 
यसैगरि संस्थाले विद्यार्थीसँग मित्रता कार्यक्रम आयोजना गरी विद्यालय प्रागङ्मा बिरुवा रोपण समेत गरेको इनरह्लिल क्लब अफ बागमतीका पूर्व अध्यक्ष रिता घिमिरे बताउनुभयो ।
शैक्षिक गुणस्तरका लागि उचित शिक्षा सहित आवश्यक शैक्षिक सामग्री समेत आवश्यक हुने भएकाले संस्थाले रसुवाका अन्य विद्यालयमा पनि झोला लगायतका सामग्री वितरण गर्दै आएको उहाँले बताउनुभयो ।
क्लबका सदस्यले आफूहरूले कमाएको केही प्रतिशत शिक्षा लगायत सामाजिक कार्यमा खर्च गर्ने उद्देश्य अनुसार विद्यार्थीलाई झोला र स्टेसनरी सामग्री वितरण गरेको हो ।
विद्यार्थीलाई झोला र स्टेसनरी सामग्री वितरणले अभिभावक तथा बिध्याथीहरुलाई सामुदायिक विद्यालय तर्फको आकर्षण बढाउन यस खालको सहयोगले थप मद्दत पुराएको विद्यालयका प्रधानाध्यापक नवराज ढुङ्गानाले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)