मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कान्तिपुर डेन्टल कलेजको ‘न्युरो मस्कुलर डेन्टिष्ट्रि विभाग’को प्रथम बार्षिकोत्सव


  • माउन्टेन खबर
  • सोमवार, असार १६, २०८२
  • 391
    SHARES

काठमाडौँ १६ असार । काठमाडौँको बसुन्धरामा सञ्चालित कान्तिपुर डेन्टल कलेजले स्थापना गरेको ‘न्युरो मस्कुलर डेन्टिष्ट्रि विभाग’ले प्रथम वार्षिकोत्सव मनाएको छ ।

मुख तथा दन्त स्वास्थ्यमा नयाँपन दिनका लागि स्थापना भएको उक्त विभागले आइतबार प्रथम वार्षिकोत्सव मनाएको हो ।

अनुहारको हाड जोर्नी (टीएमजे) को समस्या मोटोपन वा अन्य कारणले घुर्ने समस्या, टाउको अनुहार दुख्ने समस्या, दाँत एवम् अनुहारको आकृति नमिलेको समस्या, खेलकुद सम्वन्धि दन्त चिकित्सक जस्ता समस्याहरुको लागि विना शल्यक्रिया वा शल्यक्रियासहितको उपचार सेवा दिनका लागि यो विभाग खोलिएको हो ।

एक वर्षको अवधिमा उक्त विभागले ४३ जनालाई सेवा प्रदान गरेको अस्पतालका डा अंकित शाहले जानकारी दिनुभयो । “सेवा नयाँ हो, आम नागरिकलाई यसबारेमा थाहा पनि छैन, तर पनि ओपिडी तथा परामर्शका लागि २६६ बढीको आगमन भयो, ४३ जनाले उपचार नै गराए,”– डा शाहले भन्नुभयो ।

उक्त डेन्टल कलेजमा विस २०७३ साल देखि नै आथ्र्रोस्कोपी, दाग विनाको टीएमजे सर्जरी र टीजेआर (अनुहारको हाड जोर्नी प्रत्यारोपण) जस्ता सेवाहरु सञ्चालनमा रहेको छ । गतवर्ष देखि आफूहरुले यी सेवालाई थप परिस्कृत गर्नका लागि विश्वकै उत्कृष्ठ मानिने ‘के ७’ भनिने ज ट्रयाकर, ‘जे ५’ टेन्स, ओक्लुसेन्स, निद्रा तथा घुर्ने समस्या अध्ययन गर्ने जस्ता नयाँ उपकरण भित्र्याएर सेवा दिन थालेको अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले जानकारी दिनुभयो ।

“‘यस किसिमको बहु विभागीय चिकित्सा सेवा एउटै छानामुनी विश्वभरमा नै बिरलै मात्रै स्थापना भएको हुन्छ, यसमा न्युरोमस्कुलर डेन्टिष्ट्रि, क्रेनियोफेसियल सर्जरी, इएनटी, स्लिप मेडिसिन, न्युरोलोजी, अर्थो डोन्टिक्स, लगायतका अन्य दन्त सेवा विभागको सहकार्य रहने छ,”– डा श्रेष्ठले भन्नुभयो ।

विभागका प्रथम वार्षिकोत्सवका अवसरमा बोल्दै अस्पतालका डा अंकित शाहले मुखको जोइन्टको डाइग्नोसिस र ट्रिटमेन्टको लागि विभागको खोलिएको र विस्तारै उपचार समेत थालिएको बताउनुभयो । “यो खालको समस्या त्यति पर्याप्त त हुँदैन तर जब हुन्छ त्यसले बहुत ठूलो समस्या हुन्छ, त्यसैले सुरुवातमै यस खालका समस्याको पहिचान र उपचार गरौँ,”– उहाँले भन्नुभयो ।

सो विभागकी डा डा ज्योति नेपालले पनि आफ्नो विभागले सुरु गरेको सेवा र उपलव्धी बारेमा बताउनुभएको थियो । अस्पतालकी निर्देशक डा प्रतिक्षा श्रेष्ठले आगामी दिनमा सेवालाई थप परिस्कृत गर्दैै लैजाने भन्दै मुख तथा दन्त उपचारमा केडीसीलाई अझ अगाडी बढाउने दिशामा आफू लाग्ने बताउनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)