शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गीतकार सुनिल कोइरालाको तिहार गीतको भिडियो सार्वजनिक


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक ३०, २०७७
  • 381
    SHARES

काठमाण्डौ । पत्रकार तथा गीतकार सुनिल कोइरालाको तिहार गीतको भिडियो बिहीबार सार्वजनिक भएको छ । प्रज्ञाश्वरी रेकर्डिङ्गको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियो नेपालको काठमाडौं र भारतको सिलगुडी गरी दुई ठाउँमा छायाँकन गरिएको हो । आज भन्दा ६ वर्ष अगाडि नै रेकर्ड गरीएको गीतलाई यो वर्षमात्र भिडियो निर्माण गरिएको यस गीतका संगीतकार किरण कँडेलले बताए ।

तिहारमा बज्ने एउटै प्रकृतिको गीत भन्दा भिन्न प्रकारको गीत निर्माण गर्न उत्प्रेरित भई यो गीतको सृजना गरिएको गीतकार सुनिल कोइरालाले बताए । एउटै गीतमा देउसी र भैलो मिश्रित गीत निकै कम बनेकोले यो गीतलाई फरक र मौलीक रुपमा निर्माण गर्न कोसिस गरिएको संगीतकार किरण कँडेलको भनाई छ । गीतमा किरण कँडेल, सुरज कुमार थापा, निकिता थापा, अनुष्का पाठकको स्वर रहेको छ भने भिडियोको निर्देशन शिवु श्रेष्ठले गर्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)