आइतवार, बैशाख २३, २०८१

गण्डकी प्रदेश सरकारले क्वारेन्टाइनमा बसेका व्यक्तिलाई दैनिक रु ५१० उपलब्ध गराउने


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३, २०७७
  • 1.2K
    SHARES

 


 

गण्डकी प्रदेश सरकारले कोभिड-१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक रु ५१० उपलब्ध गराउने भएको छ ।

प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको लागि अबदेखि रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए।

“बस्ने ठाउँको व्यवस्था स्थानीय र प्रदेश सरकारले समेत गरेको छ र क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको लागि प्रतिदिन रु ५१० का दरले उपलब्ध गराउने निर्णय भएको छ”, मन्त्री बस्नेतले बताए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न सरकारले तीन वटै सुरक्षा निकायलाई रु १५ लाखका दरले बजेट निकासा गर्ने निर्णय गरेको छ ।

त्यसैगरि डेडिकेटेड अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालामा काम गर्ने प्राविधिक, कर्मचारीले एक दिनमा बढीमा २ हजार २२० का दरले खान, बस्ने रकमको सीमा तोकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }