बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दल नेकपा एमालेलेको ह्वीप


  • माउन्टेन खबर
  • आइतवार, साउन २६, २०८२
  • 283
    SHARES

हेटौंडा-  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दल नेकपा एमालेले पनि ह्वीप लगाएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर पक्षमा मत दिन ह्वीप लगाएको हो ।

एमालेले २७ साउन दिउँसो १ बजे संसदीय दलको बैठक राखेको छ । गत २० साउनमा मुख्यमन्त्री नियुक्त बानियाँले यही साउन २७ गते मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेसले यसअघि नै ह्वीप जारी गरिसकेको छ ।

बैठकमा अनिवार्य उपस्थित हुने, तटस्थ नबस्ने र विश्वासको मतको पक्षमा मत दिन तीन बुँदामा ह्वीप जारी गर्ने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)