मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३, २०७७
  • 584
    SHARES

काठमाडौंको पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा बुधबार आरडीटी विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २ सय ९८ जनामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

मंगलबार अपार्टमेन्टमा बस्ने तीजनामा आरडीटी पोजेटिभ आएपछि थप पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा दुई जनाको पोजेटिभ देखिएको थियो । यस्तै एक जनाको बुधबार पुनः परीक्षण गर्दा समेत नेगेटिभ आएको प्रबक्ता डा देबकोटाले बताए।

पोजेटिभ देखिएका व्यक्तिहरुको सहयोगिको रुपमा काम गर्नेहरुको समेत पीसीआर प्रविधिबाट परीक्षण गर्न नमुना लिइएको उनले जानकारी दिए।

पछिल्लो २४ घण्टामा पीसीआर प्रविधिबाट गरिएका कुनैपनि परीक्षणमा कोरोना भाइरसको संक्रमण नभेटिएको प्रवक्ता देवकोटाले बताए।

सरकारले परीक्षणको दायरा फराकिलो बनाउँदै पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९४ वटा परीक्षण गरेको छ ।

यस्तै बुधबार सम्म स्वाव नमुना परीक्षण (पीसीआर) विधिबाट ६ हजार ८ सय ७१ जनाको परीक्षण गरिएको छ । र्यापिड डाइग्नोष्टिक विधि (आरडिटी) बाट अहिलेसम्म ८ हजार ९ सय २९ वटा परीक्षण भएका छन् । अहिले सम्म कुल १५ हजार ८ सय परीक्षण भएको प्रवक्ता देवकोटाले जनकारी दिए।

यस्तै विदेशबाट आएका व्यक्तिहरुको र्यापिड किटबाट परीक्षणगर्ने कार्यलाई तिब्रता दिएको समेत प्रवक्ता देवकोटाले बताए । अहिलेसम्म र्यापिड किटबाट परीक्षण गर्न १४ वटा जिल्ला बाँकी रहेको जानकारी सो अवसरमा दिईयो ।

प्रदेश १ मा ७ वटा जिल्ला, प्रदेश २ मा ३ वटा जिल्ला, गण्डकी प्रदेशमा १ वटा जिल्ला, प्रदेश ५ मा १ जिल्ला र कर्णाली प्रदेशमा २ वटा जिल्लामा परीक्षण गर्ने व्यवस्था मिलाउन आझै बाँकी रहेको त्यस अवसरमा जनकारी दिईयो।

बागमती प्रदेश र सूदुरपश्चिम प्रदेशका सबै जिल्लामा आरडीटी विधिबाट परीक्षण गर्ने व्यवस्था भइसकेको छ । यस्तै विभिन्न ठाउँबाट र्यापिड किटबाट गरिएको परीक्षणमा पोजेटिभ भएको रिपोर्ट आएको र त्यसको पीसीआर प्रविधिबाट परीक्षण गरेपछि आएको रिपोर्टलाई सार्वजनिक गरिने समेत प्रवक्ता डा देवकोटाले जानकारी दिए।

अहिले देशभर ५ हजार ६ सय १४ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ११ र उपत्यकाबाहिर १ सय ६ गरी कुल १ सय १७ जना आइसोलेसनमा रहेको प्रवक्ता डा देवकोटाले जानकारी दिए। । यस्तै कलसेन्टरमा पछिल्लो २४ घण्टामा आएका २ हजार ६ सय ३८ जनाको गुनासो सम्बोधन गरेको समेत  प्रवक्ता डा देवकोटाले जानकारी दिए।  ।

यस्तै गत २४ घण्टामा आफ्नो स्वास्थ्यको १ हजार १ सय ८२ जनाले स्वमुल्याङ्कन गरेको र अहिले सम्म १७ हजार ६ सय ३० जनाले आफ्नो स्वास्थ्यको स्वमुल्याङ्कन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)