शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री सिंहले २८ गते विश्वासको मत लिने


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २४, २०८२
  • 216
    SHARES

जनकपुरधाम- मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहले असोज २८ गते प्रदेशसभाबाट विश्वासको मत लिनेहुनु भएको छ । मुख्यमन्त्री सिंहले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम असोज २८ गते विश्वासको मतका लागि व्यवस्था मिलाइदिन प्रदेशसभालाई शुक्रबार पत्राचार गर्नुभएको हो ।

जनमत पार्टीबाटै मुख्मन्त्री बन्नुभएका सिंहलाई जनमत पार्टी, नेपाली काँग्रेस र नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंहले राजीनामा नदिइ प्रदेशसभामै सामना गर्ने रणनीतिअनुसार असोज २८ गते विश्वासको मत लिनेगरी प्रदेश सभालाई पत्राचार गर्नुभएको हो ।

यसअघि मधेश प्रदेशका प्रदेश प्रमुखको अह्वानवेगर मधेश प्रदेशमा नेकपा (एमाले), नेपाली काँग्रेस र जनमत पार्टीले संयुक्त रुपमा नेपाली काँग्रेस सँसदीय दलका नेता कृष्णा यादवलाई मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिका लागि ५८ जना प्रदेशसभा सदस्यको समर्थनसहितको दावीपत्र प्रदेश प्रमुखको कार्यालयमा पेश गरेको भएको थियो ।

मुख्यमन्त्री सिंहको राजीनामा नआएको कारण प्रदेश प्रमुख कार्यालयले तत्काल कुनै प्रक्रिया चालेको छैन । असोज २८ गतेपछि मात्र मधेश प्रदेशमा मुख्यमन्त्री सिंह नेतृत्वकै सरकार रहनेकि नयाँ सरकार गठन हुने विषय टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)