सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आजबाट खुल्यो अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १०, २०७७
  • 859
    SHARES

पोखरा । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय स‌ंग्रहालय आजदेखि खुला गरिएको छ। विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारको गएको चैतमा लकडाउन गरेपछि बन्द संग्रहालय खुला गरिएको हो।

नेपाल पर्वतारोहण संघ (एनएमए) ले स्थापना गरी सञ्चालनमा ल्याएको सो संग्रहालय खुला भएको पहिलो दिन ३३ पर्यटकले अवलोकन गरेको संग्रहालयका निर्देशक शंकर गौतमले जानकारी दिए। उनका अनुसार मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गरी संग्रहालय सञ्चालनमा ल्याइएको छ।

संग्रहालय अवलोकनका लागि विद्यार्थी ५० रुपैयाँ , नेपाली १ सय रुपैयाँ , सार्क २ सय रुपैयाँ र बाह्य पर्यटकलाई ५ सय रुपैयाँ र गार्डेनका लागि ३० रुपैयाँको टिकट व्यवस्था गरिएको छ। संग्रहालयमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन झल्कने सामग्रीलगायत विश्वका हिमचुचुरामा आजसम्म भएगरेका गतिविधि, पर्वतमाला, जलवायु परिवर्तनको असर, चट्टान तथा जीवजन्तु राखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)