शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चितवनको कालिका नगरपालिकामा सपना भिलेजद्वारा २ हजार ५सय १० बायो मास चुलो वितरण



  • माउन्टेन खबर
  • सोमवार, कार्तिक १८, २०८२
  • 732
    SHARES
चितवन – स्वस्थ जीवनशैली र वातावरणमैत्री अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सपना भिलेजले चितवनको कालिका नगरपालिकामा तीन चरणमा २५१० बायो मास चुलो वितरण गरेको छ। कार्यक्रम सपना भिलेज, कालिका नगरपालिका र स्थानीय उपभोक्ताबिचको साझेदारीमा सम्पन्न गरिएको हो। असार महिनादेखि सुरु गरिएको यो अभियान आजसम्म आइपुग्दा उल्लेखनीय रूपमा विस्तार भएको छ।
सपना भिलेजका संस्थापक ध्रुव गिरीका अनुसार, पहिलो चरणमा वितरणपछि उपभोक्ताबाट प्राप्त सकारात्मक प्रतिक्रिया र प्रयोगका उत्कृष्ट नतिजाका आधारमा दोस्रो र तेस्रो चरणमा वितरणलाई थप विस्तार गरिएको हो।
वडा नं. १ मा २७८, वडा नं. २ मा ४२५, वडा नं. ३ मा ३४५, वडा नं. ४ मा १९५, वडा नं. ५ मा ४१०, वडा नं. ६ मा ६९, वडा नं. ७ मा ४०६, वडा नं. ८ मा १८० र वडा नं. ९ मा २०२ गरी कुल २५१० बायो मास चुलो वितरण गरिएको गिरीले जानकारी दिए।
गिरीका अनुसार, यो बायो मास चुलोले परम्परागत चुलोको तुलनामा ८० प्रतिशतसम्म धुवाँ कम गर्ने क्षमता राख्छ। साना दाउरा र कृषिजन्य अवशेषको प्रभावकारी उपयोग गर्न सक्ने भएकाले यसले वन संरक्षण र वातावरणीय सन्तुलनमा योगदान पुर्‍याउनेछ। साथै, धुवाँजन्य रोगको जोखिम घटाउने, परिवारको स्वास्थ्यमा सकारात्मक असर पार्ने र महिलाको समय तथा श्रम बचत हुनेजस्ता उल्लेखनीय फाइदा हुने बताइन्छ।
“स्थानीयवासी बाट अत्यन्तै सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि वितरणलाई निरन्तरता दिइरहेका छौँ,” गिरीले बताए। “आगामी दिनमा पनि मागअनुसार वितरण विस्तार गर्दै दिगो र वातावरणमैत्री जीवनशैली प्रवर्द्धनमा योगदान दिने हाम्रो प्रतिबद्धता छ।”
सपना भिलेजले ग्रामीण समुदायमा बायो मास चुलोलाई व्यवहारिक र दिगो विकल्पका रूपमा विस्तार गर्ने, महिलाको जीवनस्तर सुधार र स्वस्थ वातावरण निर्माणलाई प्रमुख लक्ष्य बनाएको बनाएको छ।
एउटा चुलोको लागत  २ हजार २ सय रुपैयाँ रहेको छ र कुल २,५१० वटा चुलो वितरण गर्दा ५५ लाख २२ हजार बराबरको चुलो वितरण गरिएको गिरीले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)