सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आन्तरिक पर्यटन प्रवद्र्धनको प्याकेज तयार गर्न पर्यटन मन्त्रीको आग्रह


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १०, २०७७
  • 467
    SHARES
काठमाडौै।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आन्तरिक पर्यटन प्रवद्र्धनको प्याकेज तयार गर्न पर्यटन व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
नेपाल पर्यटन बोर्डले आयोजना गरेको पर्यटन व्यवसायीसँगको अन्तक्र्रियामा उहाँले कोभिड–१९ का कारण अझै केही समय बाह्य पर्यटन आवागमन कम हुने बताउँदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न स्वदेशी पर्यटन प्याकेज बनाउन आग्रह गर्नुभएको हो । व्यसायीले पर्यटक आवागन प्रवेशाज्ञा खोली पर्यटकीय गतिविधि सञ्चालन गर्न माग गरेका थिए । व्यसायीको धारणा सुनेपछि मन्त्री भट्टराईले अहिले आवागन प्रवेशाज्ञा खुला गरे पनि धेरै पर्यटक आउँछन् भनेर उत्साहित हुने अवस्था नरहेको बताउँदै विदेशीलाई जस्तै स्वदेशीलाई पनि पर्यटक प्याकेज बेच्न आग्रह गर्नुभयो ।
उहाँले अन्य देशमा कोभिडपछि विमानस्थल नै बन्द भए पनि नेपालको विमानस्थल एक दिन पनि बन्द नभएको बताउँदै कोभिडपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चार लाख मानिसले हवाइजहाज प्रयोग गरेको जानकारी दिनुभयो ।
मन्त्री भट्टराईले असोज ५ गतेदेखि नियमित आन्तरिक उडान शुरु गरेपछि हालसम्म चार हजार ८०४ उडान काठमाडौँ बाहिर भएको, चार हजार ५५ काठमाडौँ भित्रिएकोे जानकारी गराउँदै ती उडानमार्फत एक लाख ७५ जना काठमाडौँबाट बाहिरिएका र एक लाख ६९ हजार काठमाडौँ भित्रिएको बताउनुभयो ।
मन्त्री भट्टराईले विश्वमा ३२ प्रतिशत उडान हुदाँ पनि नेपालमा भने ४० प्रतिशत उडान भइरहेको बताउनुभयो । उहाँले अन्तरराष्ट्रिय उडानमा दक्षिण एशियामा लचकता अपनाउने देश नेपाल भएको भन्दै भारतले सो पनि गर्न नसकेको उल्लेख गर्नुभयो ।
नेपालको विमानस्थलमा प्रयोग भएको स्वास्थ्य प्रोटोकल विश्वमा नै उत्कृष्ट भएको भन्दै मन्त्री भट्टराईले अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले २५ हजार डलरले नेपाललाई पुरस्कृत गरेकोसमेत बताउनुभयो ।
पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले पर्यटन खोल्नका लागि कार्ययोजनासहित आउन व्यवसायीलाई आग्रह गर्दै तद्अनुरुप सामूहिक छलफलबाट निष्कर्षमा पुगिने बताउनुभयो ।
कार्यक्रममा ट्रेकिङ् एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल एशोसिएसन अफ नेपाल (हान), प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरलगायत पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)