शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेश सरकार विस्तार , तीन मन्त्री नियुक्त

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिनुहुने


  • माउन्टेन खबर
  • आइतवार, मंसिर २२, २०८२
  • 175
    SHARES

काठमाडौँ – मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले तीनजना मन्त्री नियुक्त गर्नु भएको छ ।

मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय, जनमतका महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री नियुक्त गर्नु भएको छ ।

यसअघि आजै मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले शपथ ग्रहण गर्नु भएको छ । मुख्यमन्त्री यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट मैथिली भाषामा शपथ ग्रहण लिनु भएको हो ।

यसैबीच यही मङ्सिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त हुनु भएका यादवले यही मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)