बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

८ देशबाट हुने आयातमा रोक


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन २९, २०७६
  • 563
    SHARES

विश्व स्वास्थ संगठन डब्लुएचओ ले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको औंल्याएपछि सरकारले विभिन्न देशबाट हुने आयातमा रोक लगाएको छ । कोरोनाको उच्च संक्रमण भएका ८ वटा देशबाट हुने आयातमा सरकारले रोक लगाएको हो ।

सरकारले चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनबाट हुने आयातमा रोक लगाएको हो । कोरोना बढी संक्रमित रहेका भनिएका यी मुलुकबाट हुने खाद्यान्न र पशुजन्य वस्तुहरूको आयातमा रोक लगाएको हो । अध्यागमन विभागले कोरोनाको बढी संक्रमित भएका देशहरूबाट हुने आयात रोक लगाउनु भनेपछि सरकारले मंगलबार आयातमा रोक लगाउने निर्णय गरेको हो ।

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतमा बसेको बैठकले कोरोनाको बढी संक्रमण भएका देशबाट हुने आयातमा रोक लगाउने निर्णय गर्दै सम्बन्धित मन्त्रालयहरूमा परिपत्र गरेको छ । सोहीअनुसार कृषि तथा पशुपंछि विकास मन्त्रालयले खाद्यान्न र पशुजन्य वस्तुको आयात हुन नदिन मन्त्रालयअन्तर्गतका विभागहरूलाई परिपत्र गरेको छ ।

मन्त्रालयले पशु सेवा विभाग, कृषि विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई परिपत्र गर्दै खाद्यान्न र पशुजन्य वस्तुको आयातमा रोक लगाउन परिपत्र गरेको हो । ‘अर्को सूचना नभएसम्मका लागि आयात स्थगित गर्न सबै निकायले आ–आफ्नो ठाउँबाट कार्यान्वयन गराउनु’ कार्यवाहक प्रधानमन्त्री पोखरेलको अध्यक्षतामा बसेको बैठकले सम्बन्धित मन्त्रालयलहरूलाई पठाइएको परिपत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)