रसुवा – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् रसुवाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार इन्जिनियर मोहन आचार्यले काँग्रेसले जनताको भावना अनुसार नीति तथा नेतृत्व परिवर्तन गरेको बताए ।
रसुवामा आयोजित चुनावी अभियानका क्रममा नेता आचार्यले निर्वाचन पछि काँग्रेसको नेतृत्वमा बन्ने सरकारले मुलुकको गरिबी बेरोजगारी अन्त्य गरी र विकास प्रक्रियालाई तीव्रता दिने बताए।बदलिएको काँग्रेसले मात्र देश बदल्न सक्छ भन्दै नेता आचार्यले काँग्रेस बदलिएको छ, त्यसैले देश बदल्ने जिम्मा पनि उसैले लिन सक्ने बताए ।
पार्टीमा भएको परिवर्तनलाई संस्थागत गर्दै स्थानीय र राष्ट्रिय आवश्यकता पूरा गर्न काँग्रेसले काम गर्ने उनले बताए।
