शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पत्रपत्रिका

अमेरिकी कम्पनी मोडर्नाले माग्यो खोप प्रयोगको अनुमति


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर १६, २०७७
  • 924
    SHARES

(तस्बिर : रोयटर्स)

न्युयोर्क । कोभिड–१९ विरुद्धको खोप विकास गरेको अमेरिकी कम्पनी मोडर्नाले अमेरिका र युरोपमा खोपको प्रयोगका लागि अनुमति माग गरेको छ । आफूले विकास गरेको खोपको क्लिनिकल परीक्षण ९४ प्रतिशत प्रभावकारी रहेको पुष्टि भएको भन्दै मोडर्नाले सोमबार खोप प्रयोगको अनुमति मागेको हो । यसअघि फाइजरले खोप प्रयोगको अनुमति माग्दै अमेरिकामा आवेदन दिइसकेको छ । मोडर्नाले सोमबार नै अमेरिकी खाद्यान्न तथा औषधि प्रशासन (एफडीए) सँग आपत्कालीन प्रयोगका लागि स्वीकृति (ईयूए) को माग गरेको र यसलाई युरोपेली औषधि उत्पादक तथा वितरक कम्पनीसँग मिलेर ससर्त बजारीकरणका लागि अनुमति माग्ने बताइएको छ ।

बेलायतको नियमनकारी निकायले फाइजर तथा अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेका दुइटा खोप प्रयोगका लागि अनुमति दिने/नदिनेबारे तथ्यांकहरूको विश्लेषण गरिरहेको जनाइएको छ ।

बीबीसीका अनुसार मोडर्नाले बेलायतमा आफ्नो खोप प्रयोगका लागि चाँडै नै अनुमति पाउने आशा व्यक्त गरेको छ । मोडर्नाले ३० हजार जनामा खोपको अन्तिम चरणको परीक्षण गरिएको र गम्भीर प्रकारका असरहरू नदेखिएको जनाएको छ ।

बेलायतले हालसम्म मोडर्नाको ७० लाख डोज, फाइजर तथा बायोएनटेकको ४ करोड तथा अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयको १० करोड डोज खोप लिने सम्झौता गरिसकेको छ । सरकारले ७ विभिन्न कम्पनीका कुल ३५ करोड ७० लाख डोज खोप सुरक्षित गरिसकेको छ । कान्तिपुर दैनिक

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)