मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सिके राउतले लिए संसदीय राजनीतिबाट सन्यास


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २, २०८२
  • 139
    SHARES

काठमाडौं –  जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका गर्नुभएको । अध्यक्ष राउतले आइतबार सामाजिक सञ्जालमार्फत अब पद र संसदीय राजनीतिबाट टाढा रहने तर जनताको अधिकार, पहिचान र मुद्दाका लागि संघर्षको राजनीति भने निरन्तर जारी राख्ने जानकारी गराउनु भएको छ ।

राउतले आफ्नो व्यक्तिगत इच्छाविपरीत दुई पटक संसदीय निर्वाचन लडेको एक जित र एकहार व्यहोरेको उल्ल्ेख गर्दे दुवै निर्णयप्रति आफू सन्तुष्ट रहेको पनि जनाउनु भएको छ ।

उनले २०७५ सालतिर स्वतन्त्र मधेश गठबन्धन लाई सरकारले काम गर्न नदिएको र जनतामाझ जान समेत अवरोध भएपछि नयाँ राजनीतिक दल गठन गर्नुपरेको स्मरण गरेका छन्। सो क्रममा अन्य नेताहरूले अध्यक्ष बन्न अस्वीकार गरेपछि आफूले नै पार्टीको नेतृत्व सम्हाल्नुपरेको उनको भनाइ छ।

२०७९ सालको आमनिर्वाचनमा आफू प्रत्यक्ष वा समानुपातिकतर्फ कतैबाट पनि उम्मेदवार नबन्ने सोच बनाएको भए पनि पार्टीका नेताहरूको आग्रहपछि चुनावमा भाग लिएको उनले बताएका छन्। उक्त निर्णयकै कारण पार्टीले प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ पाँच सिट जित्दै राष्ट्रिय पार्टी बन्न सफल भएको दाबी उनले गरेका छन्।

त्यस्तै २०८२ को निर्वाचन पनि नलड्ने निर्णय पहिल्यै गरेको भए पनि अन्तिम समयमा नेताहरू र कार्यकर्ताको मनोबल कमजोर नहोस् भन्ने उद्देश्यले फेरि उम्मेदवारी दिएको उनले बताएका छन्। परिणाम आएपछि साथीहरूको सल्लाह मानेर चुनाव लड्ने निर्णय सही भएको महसुस भएको उनको भनाइ छ।

राउतले अब संसदीय वा पदको राजनीतिबाट विश्राम लिने तर राजनीतिबाट भने अलग नहुने स्पष्ट पारेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)