मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चैत १३ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउने


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ११, २०८२
  • 127
    SHARES

काठमाडाैँ –  मुलुकले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शुक्रबार प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।

शपथ ग्रहण कार्यक्रम मध्याह्न १२:३४ बजेका लागि तय गरिएको बताइएको छ। समारोहलाई विशेष बनाउन विभिन्न धार्मिक तथा सांस्कृतिक विधिहरू समेत समावेश गरिएको छ।

 

कार्यक्रममा सात वटा शंखबाट शंखनाद गरिने, १०८ जना बटुकद्वारा स्वस्ती शान्ति वाचन गरिने तथा १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिने तयारी रहेको छ।

शपथ ग्रहणपछि प्रधानमन्त्री शाहले दिउँसो करिब सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)