मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ११, २०८२
  • 144
    SHARES

काठमाडौँ- नेपाली काँग्रेसले १५ औँ महाधिवेशन अगामी असोज १६ देखि १९ गतेसम्म गर्नेगरी कार्यतालिका संशोधनसहित पारित गरेको छ ।

बुधवार बसेको पार्टी केन्द्रिय समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । उहाँले १५ औँ महाधिवेशनको प्रक्रिया यही चैत २३ गतेदेखि शुरु हुने समेत जानकारी दिनुभयो ।

कार्यतालिकाअनुसार २०८३ भदौ २ गतेदेखि वडा अधिवेशन, गाउँ तथा नगर अधिवेशन भदौ ७ मा हुनेगरी निर्णय गरिएको बताइएको छ ।

उहाँले बैठकले पार्टीको केन्द्रीय महाधिवेशन अगामी असोज १६,१७, १८ र १९ गते काठमाडौंमा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको १५औँ महाधिवेशनको मिति पारित भयो । महाधिवेशनको प्रक्रिया चैत २१ गतेबाट शुरु गर्छौं । महाधिवेशनको फाइनल अगामी असोज १६,१७,१८ र १९ मा हुन्छ । बाँकी निर्णयहरुबारे भोलि दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौं ।’

बैठकले सरकार निर्माणको क्रममा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई औपचारिक रुपमा बधाई एवं शुभकामना दिएको बताउनुभयो । बैठकका बाँकी निर्णयहरु बिहीवार पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरिने प्रवक्ता चालिसेले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)