मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमालेले आजै संसदीय दलको नेता चयन गर्ने


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १२, २०८२
  • 132
    SHARES

काठमाडौं-  नेकपा एमालेले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूलाई शपथपछि दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा उपस्थित हुन सूचना जारी गरेको छ।

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ बिहीबार दिउँसो २ बजे सिंहदरबारमा हुँदैछ। एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदनका सांसदहरूलाई समेत बोलाएको एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिएका छन्।

प्रतिनिधि सभामा एमालेका २५ सांसद रहेका छन् र यो संसदको तेस्रो ठूलो दल हो। पार्टीको तर्फबाट संसदीय दलको नेता चयन गर्ने, साथै संसदमा सांसदहरूले खेल्ने भूमिकाबारे जानकारी गराउने र नेतृत्वले बधाई दिने कार्यक्रमसमेत रहेको बुझिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)