मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमाले सचिवालय बैठक जारी


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०८२
  • 80
    SHARES

काठमाडौं  –  नेकपा (एमाले) को केन्द्रिय सचिवालय बैठक च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा शुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछि पार्टीले दोस्रो पटक बैठक बोलाएको हो । बैठकमा ओलीको तत्काल रिहाइ, विरोध कार्यक्रमको थप रणनीति तथा कानूनी तथा राजनीतिक कदमबारे छलफल हुने बताइएको छ ।

बैठकले यसअघि नै अध्यक्ष ओलीको रिहाइको माग गर्दै देशभर प्रदर्शन, जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने, जनता तथा नागरिक समाजसँग सहकार्य गर्ने लगायतका कार्यक्रम तय गरेको थियो ।

आजको बैठकमा यी कार्यक्रमको समीक्षा र थप निर्णय हुन सक्ने बताइएको छ । बैठकमा सचिवालय सदस्यहरू उपस्थित छन् भने अध्यक्ष ओलीको कुर्सी खाली राखिएको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)