मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमाले सचिवालय बैठक

विरोधका कार्यक्रम जारी राख्ने एमाले निर्णय


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०८२
  • 119
    SHARES

काठमाडौँ – नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा पार्टी र पार्टीको जनबर्गीय संगठनहरुले गर्दै आएको विरोध कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ छ ।

 

 

पार्टी मुख्यालय च्यासलमा मंगलबार बसेको  सचिवालय बैठकले पार्टी अध्यक्षको रिहाईको माग गर्दै विरोध एवम् आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनु भएको  ।

साथै बैठकले संविधान,लोकतन्त्र मानवअधिकार र प्रेस स्वतन्त्रतामाथि खतरा उत्पन्न भएको भन्दै सरकारी दमनका विरुद्ध एकताबद्ध भएर प्रतिवाद गर्न सबै पक्षलाई आग्रह गर्ने निर्णय गरेको महासचिव पोखरेलले बताउनु भयो ।

यस्तो छ एमालेले तय गरेको कार्यक्रम :

१- चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने।

२- चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने।

३- वैशाख ३ गते वडा तहमा भेला गर्ने।

४- वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।

५- वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।

६- सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ-आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने। साथै, भोलि ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने।

७- सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाही लाई जिम्मेवारी दिइयो।

८- संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याल लाई दिइयो। साथै, भोलि ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने।

९- आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)