काठमाडौँ- नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा तथा पार्टीको आगामी कार्यदिशाबारे छलफलका लागि प्रतिनिधि तोकेको छ ।
महामन्त्री प्रदीप पौडेलले आज एक विज्ञप्ति जारी गरी पार्टी केन्द्रीय कार्यसमितिको यही चैत १० र ११ गते सम्पन्न बैठकको निर्णयअनुसार छलफल कार्यक्रम सञ्चालन गर्न प्रतिनिधि तोकिएको जानकारी दिए ।
सातै प्रदेशमा १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग प्रत्यक्ष छलफल गर्दै समग्र निर्वाचन परिणाम, अनुभव र पार्टीको अबको बाटोका सन्दर्भमा समीक्षा गर्ने विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश स्थान मिति संयोजक
कोशी प्रदेश विराटनगर २०८२ चैत्र २३ गते डा. डिला संग्रौला पन्त
मधेश प्रदेश जनकपुर २०८२ चैत्र २५ गते श्री फरमूल्लाह मंसुर
बागमती प्रदेश हेटौडा २०८३ वैशाख ७ गते श्री बहादुर सिंह लामा
गण्डकी प्रदेश पोखरा २०८२ चैत्र २७ गते श्री देवराज चालिसे
लुम्बिनी प्रदेश दाङ २०८२ चैत्र २९ गते श्री योगेन्द्र चौधरी
कर्णाली प्रदेश सुर्खेत २०८३ वैशाख ३ गते श्री कर्णबहादुर बुढा
सुदूरपश्चिम प्रदेश कैलाली २०८३ वैशाख ५ गते श्री प्रकाश रसाइली स्नेही

