मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संसद् सचिवालयको आव्हानमा सर्वदलीय बैठक बस्दैं


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १८, २०८२
  • 90
    SHARES

काठमाडौँ-  सङ्घीय संसद् सचिवालयले संसद्को अधिवेशन आह्वान भएसँगै त्यसको तयारीका लागि सर्वदलीय बैठक बोलाएको छ ।

संसद्मा प्रतिनिधित्व गरेका सबै दललाई आज अपराह्न १:०० बजे सर्वदलीय बैठकका निम्ति आमन्त्रण गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले  जानकारी दिनुभयो ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही चैत १६ गतेको  सिफारिसअनुसार यही चैत १९ गते अपराह्न २:०० बजे सङ्घीय संसद्का दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । सोही अनुसार संसद्को पहिलो बैठक यही चैत १९ गते अपराह्न २:०० बजे हुँदैछ ।

बैठकले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइने छ । प्रतिनिधिसभामा राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलको सहभागिता छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)