काठमाडौं – प्रतिनिधिसभाअन्तर्गत सभामुख चयनको कार्यसूची टुंगो लागेको छ ।
बुधबार (चैत १८) मा संघीय संसद् सचिवालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सभामुख चयनको कार्यसूची टुंगो लगाएको हो ।
सभामुखको मनोनयन यही चैत २० गते र निर्वाचन २२ गते गर्ने सर्वदलीय सहमति जुटेको रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
रास्वपाले उपाध्यक्ष डीपी अर्याललाई सभामुख बनाउने तयारी गरेको छ।
यस्तै, बिहीबार (चैत १९) को प्रतिनिधिसभा बैठकमा शुभकामना दिने, सभामुखको तालिका प्रस्तुत गर्ने र विगतका सरकारले गरेका अध्यादेश प्रस्तुत गर्ने सहमति भएको छ ।
