मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १८, २०८२
  • 185
    SHARES

काठमाडौँ। नेकपा एमालेको संसदीय दलको पहिलो  बैठकले उपाध्यक्ष रामबहादुर थापालाई सर्वसम्मतिले संसदीय दलको नेता चयन गरेको छ ।

नयाँ निर्वाचनपछिको पहिलो बैठकले थापालाई दलको नेतृत्व गर्ने जिम्मेवारी सुम्पेको हो । संसदीय दलका नेता थापाकाअनुसार बैठकले संसदीय प्रक्रियालाई प्रभावकारी आगामी २१ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै सदनका सदस्यहरूका लागि एक विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरिनेछ ।

 

यस कार्यक्रमले नयाँ र पुराना सांसदहरूलाई संसदीय मर्यादा र प्रक्रियाबारे प्रशिक्षित गर्ने लक्ष्य राखेको छ । त्यसैगरी, संसदमा दर्ता हुने र छलफलमा आउने विधेयकहरूलाई गहन अध्ययन गर्न र पार्टीको धारणा तय गर्न एमालेले विज्ञहरूसहितको ७ सदस्यीय कार्यदल गठन गरेको छ ।

यो कार्यदलले विधेयकहरूमाथि विज्ञहरूसँग परामर्श गरी संसदीय दललाई सुझाव दिनेछ । बैठकले संसदीय मोर्चालाई पार्टीको नीति र घोषणापत्र अनुसार अगाडि बढाउने संकल्प समेत गरेको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)