मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमाले सचिवालय बैठक च्यासलमा सुरु

बादलको हिजोको अभिव्यक्तिलाई लिएर एमालेभित्र असन्तुष्टि


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २०, २०८२
  • 238
    SHARES

काठमाडौं –  नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बैठक सञ्चालन भइरहेको पार्टी स्रोतले जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठनात्मक विषयहरू तथा पार्टीभित्र देखिएका पछिल्ला विवादबारे छलफल हुने अपेक्षा गरिएको छ ।

 

यसअघि बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलका नेता समेत रहेका बादलले दिएको अभिव्यक्तिलाई लिएर एमालेभित्र असन्तुष्टि देखिन थालेको छ । सो अभिव्यक्तिपछि पार्टीभित्र विभिन्न तहमा आलोचना सुरु भएको बताइन्छ ।

पार्टी नेतृत्वले उक्त विषयलाई कसरी सम्बोधन गर्ने भन्नेबारे सचिवालय बैठकमा गम्भीर छलफल हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)