मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्रले देशको मुड बोल्‍नुपर्छ : वरिष्ठ प्रबन्धक थपलिया


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २२, २०८२
  • 172
    SHARES

काठमाडौं –  नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले नेपाली चलचित्रहरुले देशको मुड बोल्‍नुपर्ने बताएका छन् । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको नवौं संस्करणको चौथो दिनको ‘नेपाल थ्रु भिज्युल्स’ शीर्षकको सेसनमा बोल्दै वरिष्ठ प्रबन्ध थपलियाले नेपाल प्रवर्द्धनका लागि केवल सुन्दर दृश्यहरू मात्र पर्याप्त नहुने उल्लेख गर्दै कथाको माध्यमबाट देशको मुड बोल्‍नुपर्ने बताएका हुन् । “हामीले प्रस्तुत गर्ने दृश्यले देशको ‘मुड’ बोल्नुपर्छ,” उनले भने, “त्यो मुड कहिले शान्त, कहिले रहस्यमय, कहिले संघर्षपूर्ण पनि हुन सक्छ ।”

 

 

उनले दृश्यहरुसँगै कथा र भावनात्मक दर्शन जोडिनुपर्नेमा पनि जोड दिएका छन् । उनले भने, “आजको डिजिटल युगमा दुई मिनेट वा त्यसभन्दा छोटो भिडियोहरुमा नै एउटा देशको सम्पूर्ण कथा भन्न सकिने चुनौती र अवसर दुबै छन् । हामीले सिनेम्याटिक लेन्सबाट नेपाललाई देखाउनुपर्छ । किनभने प्रत्येक लेन्सले फरक कथा बोकेको हुन्छ ।”

थपलियाले नेपाललाई ‘डिभाइन ल्यान्ड’ का रूपमा व्याख्या गर्दै भने, “यो संसारकै एक मात्र देश हो जहाँ तराईको समथर भूभागदेखि संसारकै अग्ला हिमालसम्मको विविधता एकै फ्रेममा अटाएको छ । तर, यी दृश्यहरू केवल सौन्दर्य प्रदर्शनमा सीमित हुनु हुँदैन ।”

उनका अनुसार पर्यटन प्रवर्द्धनको मूल आधार ‘कथा’ हो । “दृश्यहरू कथासँग जोडिएनन् भने तिनको अर्थ हुँदैन,” उनले भने । वरिष्ठ प्रबन्धक थपलियाले नेपालमा बनेका सिनेमाहरुको उदाहरण दिँदै भने, “अन्धकार बिना सिनेमा सम्भव छ ? पक्कै पनि छैन । त्यसैले अब हामीले नेपालको उज्यालोसँगै अँध्यारो पक्षको कथा पनि भन्नुपर्छ ।”

नेपालका चलचित्रहरुले नेपालको पर्यटन प्रवर्द्धनमा अब केवल हिमाल, मन्दिर र प्राकृतिक सौन्दर्य मात्र नभई, चुनौती, संघर्ष र यथार्थका कथाहरू पनि समेट्नेपर्ने आवश्यकता उनले औंल्याएका छन् । उनले नेपालको सिनेमा र पर्यटनमा कृतिम बुद्धिमताबाट बनाइएको तस्बिर र दृश्यहरुलाई पूर्ण रोक्‍नुपर्नेसमेत बताएका छन् । उनका अनुसार भिजुअल फिलोसफी अर्थात् दृश्यको दर्शन नै अबको मुख्य मार्गदर्शक हुनुपर्छ ।

नेपाललाई एक ‘पोस्टकार्ड डेस्टिनेशन’ बाट ‘स्टोरीटेलिङ डेस्टिनेशन’ मा रूपान्तरण गर्न चलचित्रले भूमिका खेल्‍नुपर्नेमा थपलियाले जोड दिएका छन् । छोटो भिडियोमार्फत गहिरो अनुभूति दिन सक्ने क्षमता अहिलेको प्रतिस्पर्धी पर्यटन बजारमा निर्णायक बन्ने उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)