सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बिपी राजमार्ग पुनः अवरुद्ध


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १६, २०८३
  • 90
    SHARES

काठमाडौँ-  काभ्रेपलान्चोक जिल्लामा जारी अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन पुन: बगाएपछि बिपी राजमार्ग मङ्गलवार साँझदेखि फेरि पूर्ण रूपमा बन्द भएको छ। सोमबार साँझ मात्र मर्मत गरेर आंशिक रूपमा सञ्चालनमा ल्याइएको यो सडक २४ घण्टा नबित्दै पुनः अवरुद्ध हुन पुगेको हो।

 

 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मङ्गलवार साँझ परेको भारी वर्षाले खोलामा पानीको सतह बढेपछि निर्माण गरिएका डाइभर्सनहरूमा क्षति पुगेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले तत्कालका लागि सवारी आवागमनमा रोक लगाएको हो। यसअघि शनिवार पनि बाढीले सडक बगाउँदा यो राजमार्ग अवरुद्ध भएको थियो।सडक बन्द भएसँगै काठमाडौँबाट पूर्वी नेपालतर्फ जाने र पूर्वबाट राजधानी आउने सयौँ सवारी साधन तथा यात्रुहरू बिच बाटोमै रोकिएका छन्। प्रतिकूल मौसमका कारण सडक मर्मतमा समेत चुनौती थपिएको छ। प्रहरीले मौसममा सुधार आएपछि र सडक सुरक्षित भएपछि मात्र अर्को सूचनामार्फत यातायात सुचारु गरिने जानकारी दिएको छ।

प्रहरीले यात्रा तय गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र आपत्कालीन अवस्थामा १०० वा १०३ मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)