आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वैशाख २८ गते संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २२, २०८३
  • 98
    SHARES

काठमाडाैँ –  सरकारले संघीय संसद्को अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले दिएका छन्।

यसअघि मन्त्रिपरिषद्ले अधिवेशन आह्वानका लागि सिफारिस गरेपछि राष्ट्रपति पौडेलले वैशाख १७ गते दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन बोलाएका थिए। तर, नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आह्वान गरिएको उक्त अधिवेशन सरकारकै सिफारिसमा वैशाख १० गते स्थगित गरिएको थियो।

अब पुनः सरकारले नयाँ मिति तय गर्दै वैशाख २८ गतेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)