बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २५, २०८३
  • 218
    SHARES

काठमाडाैँ –  लुम्बिनी प्रदेशमा नवनियुक्त ५ जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले उनीहरूलाई शपथ गराएका हुन्।

केही दिनअघि मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश मन्त्रिपरिषद् पुनर्गठन गर्दै ५ जना मन्त्री नियुक्त गरिएको थियो। नियुक्तिमध्ये एमालेबाट ४ जना र जनता समाजवादी पार्टी (जसपा) बाट १ जना मन्त्री रहेका छन्।

 

एमालेतर्फ रुपन्देहीका तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अर्घाखाँचीका रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, बाँकेका रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा गुल्मीका डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)