शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित


  • माउन्टेन खबर
  • सोमवार, असार १५, २०८३
  • 151
    SHARES

गण्डकी– गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रस्तुत गरेको उक्त विधेयक बहुमतले पारित भएको हो ।

बजेटको मन्त्रालयगत विनियोजन शीर्षकमा छलफलपछि विधेयक पारित गरिएको हो । यही असार १ गते मन्त्री शेरचनले रु ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा मुख्यमन्त्री पाण्डेले आगामी आव २०८३÷८४ को बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने स्पष्ट पार्नुभएको छ ।

सरकारले यथार्थ र कार्यान्वयनयोग्य बजेट ल्याएको उहाँको भनाइ थियो । “स्रोत सुनिश्चित गरेर बजेट ल्याइएको छ, कार्यान्वयनमा स्रोतको कमी हुँदैन”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)