बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ

आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने


  • माउन्टेन खबर
  • बुधबार, असार १७, २०८३
  • 78
    SHARES

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बुधबार शपथ ग्रहण गरेका छन्।

काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।

रास्वपाको प्रथम महाधिवेशन असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनबाट ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए।

शपथ ग्रहणपछि सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई घण्टीजडित मायाको चिनो र प्रमाणपत्र प्रदान गरेका छन्।

यसैबीच, आजै रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ। बैठकमा विधानअनुसार मनोनयन गरिने ५१ जना केन्द्रीय सदस्यको विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)